चितवन विशेष
भरतपुरमा विश्व रोटर्याक्ट सप्ताह मनाउन सुरु

चितवन, फागुन २७-
भरतपुरमा विश्व रोटर्याक्ट सप्ताह मनाउन सुरु सुरु गरिएको छ । रोटर्याक्ट क्लब अफ भरतपुरले सोमबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी विश्व रोटर्याक्ट सप्ताह मनाउन सुृरु गरिएको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा रोटर्याक्ट क्लब अफ भरतपुरका अध्यक्ष सबिन पौडेलले विगतमा क्लबले गरेका कामहरु जानकारी गराउँदै सप्ताह अन्तर्गतका कार्यक्रमबारे बताए । उनका अनुसार मंगलबार इन्ट्राक्लब मैत्रीपूर्ण फुटसल, बुधबार महिनावारीबारे जनचेतना र बिहीबार विश्व रोटर्याक्ट दिवस मनाउने कार्यक्रम छ । शुक्रबार प्रहरीहरुबिच मुस्कान परियोजना, शनिबार ‘ओपन हर्ट, ओपन माइन्ड’ कार्यक्रम र आइतबार ट्राफिक नियमबारे सचेतना कार्यक्रम गरिने छ ।
सप्ताह शुभारम्भ कार्यक्रममा बोल्दै रोटरी क्लब अफ भरतपुरका अध्यक्ष विमलकुमार क्षेत्रीले भने, ‘रोटरीले व्यक्तित्व विकास, नेतृत्व विकास र समाजसेवाका काम गर्दै आइरहेको छ ।’
रोटरी क्लब अफ भरतपुरका प्रेसिडेन्ट इलेक्ट (भावी अध्यक्ष) डा कृष्णसागर शर्माले भावी दिनमा पनि रोटर्याक्ट क्लब अफ भरतपुरसँग मिलेर समाजसेवाका थप काम गर्ने प्रतिबद्धता जनाए ।
























