चितवन विशेष

नेपालमा नयाँ एमजी एस ५ इभि अब चितवनमा,टेष्ट ड्राइभिङ खुल्ला

Banner

चितवन, फागुन २६-

नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले नेपालमा बहुप्रतिक्षित एमजी एस ५ ईभी आधिकारिक रूपमा सार्वजनिक गरेको छ । जसले विद्युतीय सवारी साधन (इभि) सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य राखेको छ ।

लोकप्रिय एमजी जेडएस इभि को उत्तराधिकारीका रूपमा प्रस्तुत गरिएको एमजी एस ५ इभि अत्याधुनिक प्रविधि, सुधारिएको प्रदर्शन, र आधुनिक विद्युतीय सवारी प्रेमीहरूका लागि उत्कृष्ट विशेषताहरूको साथ आएको छ । एमजीको चितवनको आधिकारिक बिक्रेता युनाइटेड अटो कन्सर्न ले गाहृक लाई एमजी एस ५ ईभी को टेष्ट ड्राइभिङ खुल्ला गरेको छ ।

एमजी एस ५ इभि नेपालमा कम्फर्ट र डिलक्स दुई भेरियन्टमा उपलब्ध छन । दुबै भेरियन्टमा ४९ किलोवाट प्रति घन्टा ब्याट्री र शक्तिशाली ९९ किलोवाट मोटर जडान गरिएको छ, जसले अधिकतम २५० न्यूटन मिटर टर्क उत्पन्न गर्न सक्दछ । डिलक्स भेरियन्ट लामो दूरी तय गर्न सक्ने विशेष क्षमतासहित प्रस्तुत गरिएको छ, जसले उत्कृष्ट प्रदर्शन खोज्ने चालकहरूका लागि आकर्षक विकल्प प्रदान गर्ने जनाइएको छ ।

४९ किलोवाट आवर ब्याट्री र ९९ किलोवाट मोटर भएको आरामदायी र डिलक्स भेरियन्ट भएको एमजी एस ५ ईभीको सुरुवाती मूल्य क्रमशः ४३ दशमलव ९९ लाख र ४९ दशमलव ९९ लाख रहेको छ भने ६२ किलोवाट आवर ब्याट्री भएको एमजी एस ५ ईभीको मूल्य ५४ दशमलव ९९ लाख रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>