चितवन विशेष

ब्लड डोनर्स सोसाइटीद्वारा ११ जना महिला अभियन्ता सम्मानित

Banner

चितवन, फागुन २५-

रक्तदान प्रवर्द्धन र रक्त व्यवस्थापनमा सक्रिय ब्लड डोनर्स सोसाइटी नेपालले आफ्नो चौथो औं वार्षिकोत्सव समारोहमा ११ जना महिला अभियन्ताहरुलाइ सम्मान गरेको छ । समाजसेवाको क्षेत्रमा समर्पित रक्त अभियन्ताहरूलाई प्रेरित गर्न तथा उनीहरूको योगदानको उच्च मूल्यांकन गर्न आयोजित कार्यक्रममा ५ जना रक्तदान अभियन्ता तथा सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्‍याएका ६ जना गरी ११ जना महिला अभियन्तालाई सम्मान प्रदान गरिएको हो ।

रक्तदान अभियानमा सक्रिय भूमिका खेली समाजमा सकारात्मक प्रभाव पार्न सफल चितवनकी सविना कंडेल, नवलपुरकि सरस्वती भुसाल र माया भण्डारी, काठमाडौंकी स्वेता श्रेष्ठ र सिराहाकि प्रतीक्षा मण्डललाई विशेष सम्मान प्रदान गरिएको सोसाइटीका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिए ।
यस्तै समाजसेवा, शिक्षा र पशु उद्धारमा योगदान पुर्‍याउने ६ जना महिला अभियन्तालाई पनि सम्मान गरिएको छ ।

सम्मानित हुनेहरूमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, असहाय तथा सडक आश्रित व्यक्तिहरूको उद्धार र पुनर्स्थापनामा निरन्तर सेवामा खटिएकी मानवसेवा आश्रम, चितवनकी निता केसी, शिक्षा क्षेत्रमा योगदान दिएकी ग्रीनल्याण्ड पब्लिक स्कूलकी प्राचार्य इन्दिरा कार्की, समाजसेवामा क्रियाशील सामाजिक अभियन्ता दुर्गा लामिछाने, बेवारिसे तथा घाइते जनावरहरूको उद्धार तथा संरक्षणमा खटिएकी पशु उद्धार अभियन्ता सुधा तिमिल्सिना रहेका छन् ।
कार्यक्रममा वक्ताहरूले रक्तदान जीवनदान मात्र नभई, समाज परिवर्तनको अभियान भएको उल्लेख गर्दै महिला अभियन्ताहरूको योगदानलाई उच्च सम्मान गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>