चितवन विशेष

तेस्रो एक्सन गौतम स्मृति आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता सकियो

Banner

चितवन, फागुन २४-

तेस्रो एक्सन गौतम स्मृति तथा प्रथम अन्तर जिल्ला आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता २०८१ को आयोजना सम्पन्न भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नाराका साथ भरतपुरमा आयोजना गरिएको प्रतियोगितामा चितवन, धादिङ, नवलपरासी, तनहुँ र कास्कीका गरी जम्मा ५७ टिमको सहभागिता रहेको थियो। एक्सन क्लबका अध्यक्ष विष्णु दवाडीको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितामा बिजेता खेलाडीहरूलाई एक लाख २५ हजार नगद सहित ट्रफी, पदक र प्रमाणपत्र वितरण गरिएको एक्सन क्लबका सदस्य सुरेश अधिकारीले जानकारी दिनुभयो।

प्रतियोगिताको लेभल तर्फ भरतपुर ब्याडमिन्टन क्लबका राजकुमार गुरुङ र राम ठकुरी प्रथम स्थान हासिल गर्न सफल भए भने लेभल तर्फ मौलाकालिका ब्याडमिन्टन क्लब, नवलपरासीका बेल श्रेष्ठ र जोनम श्रेष्ठ विजयी भए।

यस प्रतियोगिताको मुख्य प्रायोजक चितवन हार्डवेयर, फूलबारी रहेको थियो। प्रतियोगिताले जिल्लास्तरका खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्न महत्त्वपूर्ण अवसर प्रदान गरेको आयोजकहरूले बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>