घटना -दुर्घटना

माडीमा ‘अनटेस्ट’ स्कुटर कुकुरसँग ठोक्किएर पल्टिदा चालक घाइते

Banner

चितवन, फागुन २३-

चितवनको माडी नगरपालिका–६ शिवराज्यपुरमा बुधवार नम्बर नभएको ‘अनटेस्ट’ स्कुटर कुकुरसँग ठोक्किएर अनियन्त्रित भई दुर्घटना भएको छ ।

स्कुटर अनियन्त्रित भई पल्टिँदा माडी–५ ब्रहम्पुरी बस्ने २६ वर्षीय जगतराज चापागाईको टाउको, गाला र ढाडमा चोट लागेको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ ।

घाइतेको अवस्था मध्यम रहेको छ भने उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

बुधवार साँझ साढे ७ बजेतिर भएको दुर्घटनाको बारेमा भरतपुर अस्पताल बिटमा खटिएका प्रहरीले इलाका प्रहरी कार्यालय माडीलाई बिहीवार दिउँसो जानकारी गराएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>