चितवन विशेष

प्रध्यापक तथा कवि कुमराज सुबेदी “बहुसॅास्कृतिक स्वयॅमसेवक फाईनलिस्ट अवार्ड २०२४”बाट सम्मानित

Banner

चितवन, फागुन २१-

टेफ दक्षिण अस्ट्रेलियामा कार्यरत प्रध्यापक तथा कवि कुमाराज सुबेदी सम्मानित हुनुभएको छ । बिच दक्षिण अस्ट्रेलिया सरकारको डिपार्टमेन्ट अफ प्रिमियर एन्ड क्याविनेट अन्तर्गत बहुसॅास्कृतिक मामिला विभागले सुवेदीलाई आज एक कार्यक्रमका बिच २०२४ को स्वयॅमसेवक फाईनलिस्ट अवार्डबाट सम्मानित गरेको हो ।

समाजमा बहुसॅास्कृतिकताको प्रबर्धन र सॅास्कृतिक बिबिधताको महत्वलाई बुझाउन अतुलनिय भूमिका निर्बाहगर्ने नागरिकलाई एउटा स्वतन्त्र निर्णायक समुहको सल्लाहमा सम्माननीय दक्षिण अस्ट्रेलिया राज्यका गभर्नरद्वारा यो सम्मान प्रदान गरिन्छ।

बहुसॅास्कृतिक राज्य दक्षिण अस्ट्रेलियामा विंभिन्न देशबाट आएका आप्रवासीलाई उक्त राज्यमा उपलब्ध सेबाहरू प्राप्त गर्न, भाषिक क्षमता बृद्दिगर्न, र राज्यमा सहजरूपमा समायोजन हुन सघाए बापत उक्त पुरस्कार दक्षिण अस्ट्रेलिया राज्यको बहुसॅास्कृतिक मामिला विभागद्वारा प्रदान गरिएको हो।

यही मार्च ५ तारिका तदअनुसार फाल्गुन २१ गतेका दिन एडिलेड सहर स्थित गभरमेन्ट हाउसमा एक कार्यक्रमका बिच दक्षिण अस्ट्रेलियाका गभर्नर फ्रान्सिस एडमसन एसीद्वारा उक्त अवार्ड प्रध्यापक तथा कवि कुमाराज सुवेदीलाई प्रदान गरिएको हो।
नेपाली समुदायमा यो अवार्ड प्राप्त गर्ने सुबेदी पहिलो ब्यक्त्ति बन्नु भएको छ। पुरस्कार ग्रहणपछि प्रतिक्रिया सुबेदीले भन्नु भयो, “आँफू बसेको समाजमा निस्वार्थ भावले गरेको कार्यलाई राज्यले महत्व दिएर अनुकरणिय बनाएकोमा कृतज्ञ भएको छु र थप कार्य गर्न उर्जा मिलेको छ।“ टेफ दक्षिण अस्ट्रेलियामा प्रधापनरत कवि श्री कुमाराज सुबेदीले पॅाच बर्षभन्दा बढि समय देखी दक्षिण अस्ट्रेलिया राज्यमा स्वयसेवा प्रदान गर्दै आउनु भएको छ।

नेपाली मूलका निक श्रेष्ठले उत्कृट बिजनेस समुहतर्फको अवार्ड प्राप्त गर्नु भएको छ। उक्त कार्यक्रम बहुसॅास्कृतिक मन्त्रि जोई बेटिन्सन, चिफ जस्टिस क्रिस कौराकिस, पुलिस कमिसनर ग्रान्ट स्टेभन्स, दक्षिण अस्ट्रेलियाका नेपाली अबैतनिक कन्सुलर दिपक धमला, टेफ एस कि म्यानेजर क्लेएर डालिमोर लगायत राज्यका महत्वपूर्ण व्यक्तिहरूको उपस्थिमा भएको थियो। स्मरण रहोस् नेपालमा छॅदा पनि सुबेदी शिक्षण पेशाका अतिरिक्त स्वयम सेवकको रूपमा कम्प्यूटर शिक्षा, महिला प्रौढ शिक्षा र पुस्तकालय निर्माण कार्यमा सम्लग्न हुनुहुन्थ्यो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>