चितवन विशेष
विरेन्द्र क्याम्पसमा अनेरास्ववियुले आचारसंहिता विपरित संगठन दर्ता गरेको नेविसंघको आरोप

चितवन, फागुन २०-
आसन्न स्ववियु निर्वाचनका लागि विरेन्द्र बहुमुखी क्याम्पसमा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले निर्वाचन आचार संहिता विपरित संगठन दर्ता गरेको भन्दै नेपाल विद्यार्थी संघले बिरोध जनाएको छ ।
निर्वाचनको लागि संघ , संगठन दर्ता गर्न सभापति, अध्यक्ष वा संयोजकको आधिकारिक लेटरप्याडमा हस्ताक्षर सहित बुझाउनुपर्छ । यसरी निवेदन दिने जिम्मेवारी बोकेका ब्यक्ति सम्बन्धित क्याम्पसका नियमित विद्यार्थी हुनुपर्ने प्रावधान रहेको नेविसंघले जनाएको छ । तर अनेरास्ववियुबाट क्याम्पसका विद्यार्थी नभएका व्यक्तिले निवेदन दिएर संगठन दर्ता गरिएको भन्दै नेविसंघको ईकाइ समितिले विरोध गरेको हो ।
निर्वाचन समितिले प्रकाशन गरेको सुचना विपरित शक्तिको आडमा गरिएको संगठन दर्ता मान्य नहुने नेविसंघको दाबी छ । ईकाइ अध्यक्ष कुमार जोशीले प्रेस विज्ञप्ती मार्फत स्ववियु निर्र्वाचनमा भाग लिन क्याम्पसको विद्यार्थी नै हुनुपर्ने न्यूनतम मापदण्ड समेत पालन नगरी दर्ता गरिनु निर्वाचन समितिको निर्वाचन नगर्ने षड्यन्त्र भएको आरोप लगाएका छन् ।
क्याम्पसमा रहेका संग संगठनको पटक पटकको बैठकपछि गरिएको सहमति विपरित क्याम्पसको विद्यार्थी नै नभएको ब्यक्तिबाट गरिएको संगठन दर्ता तत्काल खारेज गर्नुपर्ने नेविसंघको माग छ ।
























