चितवन विशेष

नारायणगढको भेटघाट रेष्टुरेन्टमा काम गर्ने कामदार मृत फेला

Banner

चितवन, फागुन २०-

भरतपुर महानगरपालिका–२ शहिदचोक नारायणगढस्थित भेटघाट रेष्टुरेन्टमा काम गर्ने एक कामदार मृत फेला परेका छन् ।

गोरखा अरुघाट गाउँपालिका–५ बयाक घर भई हाल सोही रेष्टुरेन्टमा काम गर्ने वर्ष ३३ को दिपक थापा मगर सोमवार बिहान सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आइतवार राति खाना खाएर सुतेका मगरलाई सोमबार बिहान ७ बजे साथिहरुले उठाउन खोज्दा नउठेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>