Uncategorized

वैदेशिक रोजगारीले पारेको असर र प्रभाव विषयक निबन्ध प्रतियोगितामा नारायणी नमुना माविकी छात्रा नेहा श्रेष्ठ प्रथम

Banner

चितवन, फागुन १९–

आप्रवासी कामदारहरुको जीवन रक्षामा वैदेशिक रोजगारीले पारेको असर र प्रभाव विषयक अन्तर विद्यालय निबन्ध प्रतियोगितामा नारायणी नमुना माध्यमिक विद्यालय प्रथम भएको छ । भरतपुर महानगरपालिका सुरक्षित आप्रवासन (सामी)ले आयोजना गरेको कार्यक्रममा नौ वटा विद्यालयबीच भएको प्रतियोगितामा नारायणी नमुना माध्यमिक विद्यालयकी छात्रा नेहा श्रेष्ठ प्रथम भएकी हुन् ।

यस्तैै द्धितीय बाल्मिकी शिक्षा सदनकी छात्रा सरस्वती रिजाल, अरुणयोदय माध्यमिक विद्यालयकी छात्रा छोङसाङ डोल्मा थिंङ र सान्तोना हिमालयन डण्डपाणी न्यौपाने माध्यमिक विद्यालयकी छात्रा सम्झना खवास र स्टेप बाई स्टेप स्कुलका छात्र विबेक आचार्य भएका छन् । उनीहरुले प्रथम द्धितीय, तृतीय र सान्तोना क्रमशः चार हजार, तीन हजार, दुई हजार र एक / एक हजार रुपैयाँ प्राप्त गरेका छन् । अन्तर विद्यालय निबन्ध प्रतियोगिता डिसेम्बर १८मा भएको थियो । त्यसको नतिजा सार्वजनिक तथा पुरस्कार वितरण आज भरतपुरमा एक कार्यक्रमका बिच गरिएको थियो ।

पुरस्कार वितरण गर्दै भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले वैदेशिक रोजगारीका लागि युवाहरुको आक्रर्षण बढिरहेको समयमा यस्ता कार्यक्रमले सुरक्षित आप्रवासनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले समय सान्दर्भिक विषय भएकाले वैदेशिक रोजगारी सम्बन्धी जनचेतना मुलक कार्यक्रम गर्नुपर्ने धारणा समेत राख्नुभयो । यस कार्यक्रमले वैदेशिक रोजगारीका सवाललाई विद्यालय स्तरमा लैजानका लागि महत्वपूर्ण भूमिका खेलेको समेत बताउनुभयो ।
निबन्ध प्रतियोगिता १० पूर्णकको रहेको थियो । निर्णय मण्डलमा रहनुभएका हेरम्भकुमार श्रेष्ठले विषय समसामयिक रहेकाले विद्यार्थीमाझ वैदेशिक रोजगारी सम्बन्धी जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेलेको समेत बताउनुभयो । निर्णयक मण्डलमा शिक्षक ज्ञानहरी पौडेल, श्रीप्रसाद ढुंगाना रहनुभएको थियो ।

भरतपुर महानगरपालिका सुरक्षित आप्रवासन (सामी) कार्यक्रमकी फोकल पर्सन तथा शाखा प्रमुख पञ्चमायाँ तामाङले कार्यक्रमको सहजिकरण गर्नुभएको सुरक्षित आप्रवासन (सामी) चितवनका जिल्ला कार्यक्रम संयोजक सुर्यप्रसाद पौडेल, विद्यालयका प्राचार्य तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>