खेलकुद

भरतपुर मेयर्स कप क्रिकेटः लिग चरणको खेल सकियो, अन्तिम खेलमा नारायणी नमुना विजयी

०
Banner

चितवन, फागुन १९–

भरतपुर महानगरपालिकाको आयोजनामा जारी भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिग चरणका खेलहरु सकिएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा आज नारायणी नमुना मावि १० विकेटले विजयी भयो ।

प्रेरणा इङलिस बोर्डिङ स्कुलले दिएको ७५ रनको झिनो लक्ष्य नारायणी नमुना माविले १०.४ ओभरमा बिना विकेट जित हासिल गर्‍यो । नारायणीका ओपनरद्धय सबिन खरेल अविजित ३० र आयुष गिरीले अविजित १६ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रेरणाले १९.३ ओभरमा अलआउट हुँदै ७४ रन बनाएको थियो । उसका लागि तौसिन अन्सारीले १६ र अजय ज्ञवालीले ११ रन बनाए । नारायणी नमुना माविका सन्देश खनालले ३ र निखिल चापागाईले २ विकेट लिए । खेलमा नारायणी नमुनाका सन्देश खनाल प्लेयर अफ दि म्याच घोषित भए ।

लिग चरणबाट ४ टिम सेमीफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट साविक विजेता अर्किड सेकेण्डरी स्कुल शतप्रतिशत जित निकाल्दै ८ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमीफाइनलमा प्रवेश गरेको छ भने ६ अंकका साथ दोस्रो स्थानमा रहँदै चितवन मावि सेमीफाइनलमा स्थान बनाएको छ । यो समूहबाट साविक उपविजेता वाल्मीकि शिक्ष सदन, नारायणी इङलिस पब्लिक स्कुल र हिमालय दण्डपानी मावि लिग चरणबाटै बाहिरिएका छन् ।

यस्तै समूह ‘बी’ बाट शतप्रतिशत जित निकाल्दै ८ अंकका साथ शीर्षस्थानमा रहेर नारायणी नमुना मावि सेमीफाइनलमा स्थान बनाएको छ भने समूह उपविजेता बन्दै चितवन मावि पनि सेमीफाइनलमा स्थान बनाएको छ । यस समूहबाट पहिलो संस्करणको सेमिफाइनालिस्ट सनराइज इङलिस स्कुल, अरोमा इङलिस स्कुल र प्रेरणा इङलिस बोर्डिङ स्कुल लिगचरणबाटै बाहिरिएका छन् ।

प्रतियोगिताको सेमीफाइनल खेलहरु भोलिबाट सुरु हुँदैछ । सेमीफाइनलमा अर्किडले लक्ष्मी मावि र नारायणी नमुना माविले चितवन माविको सामना गर्नेछ । प्रतियोगितामा कुल ४७ विद्यालयको सहभागिता रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>