चितवन विशेष

चितवनबाट तीर्थयात्री बोकेर मनकामना गएको भ्यान दुर्घटना, एकको मृत्यु

Banner

गोरखा, फागुन १९-

गोरखाको सहिद लखन गाउँपालिकामा चितवनबाट तीर्थयात्री बोकेर गएको भ्यान दुर्घटनामा परेको छ । मनकामना दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री सवार भ्यान सहिद लखन गाउँपालिका–३ कन्टारमा आज (सोमबार) बिहान ११ः३० बजे दुर्घटना भएको हो।

दुर्घटनामा एक जनाको मृत्युहुँदा अन्य १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। १५ जना तीर्थयात्री बोकेर चितवनबाट भ्यान मनकामना आएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए। मृतक र घाइतेहरूको पहिचान भने खुल्न बाँकी रहेको उनले जानकारी दिए। ‘उनीको तनहुँको आँवुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भईरहेको छ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>