चितवन विशेष

‘शिक्षकको समस्या समाधानका लागि सरकारले ध्यान दिनुपर्छ’

Banner

चितवन, फागुन १५-

शिक्षकको समस्या समाधानका लागि सरकारले ध्यान पु¥याउन नसकेको शिक्षकका अगुवाहरुले वताएका छन् । नेपाल शिक्षक संघ चितवनको ३३औँ जिल्ला प्रतिनिधि सभामा बोल्ने सहभागिले शिक्षकको समस्या समाधानका लागि सरकारले ध्यान पु¥याउन नसकेको बताएका हुन् ।

शिक्षकलाई सामान्य दर्जा दिएर आफ्नो राजनीति बचाउन खोज्नु गलत भएको उनीहरुको भनाई थियो । शिक्षकका कारण समाजमा सुधार आइरहेकाले शिक्षकको माग सम्बोधन गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा शिक्षक संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरीले शिक्षकको समस्या समाधानका लागि राज्यले कुनै वास्ता नगरेको बताउनुभयो । शिक्षकहरु दलको नभई आफ्नो बिचार राख्ने गरेको भए पनि उनीहरुको माग सुनुवाई नभएको उहाँले बताउनुभयो । शिक्षकको समस्या समाधानका लागि राज्य गम्भिर भएमा शिक्षा ऐन मार्फत समाधान गर्न समय नलाग्ने उहाँको भनाई छ ।

कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, संघका महासचिव ज्ञानेन्द्र रावल, बागमती प्रदेशका सदस्य उत्तम जोशी, नेपाली काँग्रेस चितवनका सचिब ध्रुवराज पोख्रेल, शिक्षा विद् प्रकाश अधिकारी, चितवन जिल्ला अदालत बारएसोसियसनकी अध्यक्ष फुलमायाँ रानाभाट, नेपाल शिक्षक महासंघ चितवनका पूर्व अध्यक्ष कोमलनाथ घिमिरे, शिक्षक संघका पूर्व अध्यक्ष भूवानी प्रसाद पौडेले लगायतले शिक्षकहरुको समस्या समाधानका लागि सबै एक भएर लाग्नु पर्ने बताएका थिए ।

नेपाल शिक्षक संघ चितवनकी अध्यक्ष इन्दिरा मरहठ्ठाको अध्यक्षतामा सम्पन्न प्रतिनिधि सभाले जिल्लामा हालसम्म भएका कार्यक्रमहरुलाई परिमार्जित गरेर नयाँ कार्यक्रमहरु ल्याउनका लागि सुझाब दिएको थियो । सो अवसरमा एनफिल गर्ने सर्वहीत पण्डित र युवराज सिंह पराजुली, स्नातकोत्तरमा महिलाहरु तर्फ उत्कृष्ट नम्बर ल्याउने सिता श्रेष्ठ, २०८०को एसइइमा उत्कृष्ट नतिजा ल्याउने चितवन माध्मिक विद्यालय र स्थानिय तहमा कालिका नगरपालिकालाई सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>