चितवन विशेष
भरतपुरमा भ्यानले स्कुटर र मोटसाइकललाई ठक्कर दिँदा दुई जना घाइते
०

चितवन, फागुन १५-
भरतपुर महानगरपालिका–१० ढुंगाना चोकमा भ्यानले स्कुटर र मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएा छन् ।
बुधवार बिहान साढे ११ बजेको समयमा ना ५ च १९६ नम्बरको भ्यानले ना ४३ प १६२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक भरतपुर–१० बस्ने वर्ष २५ को सुमित राना मगर र स्कुटर पछाडि सवार सोहि ठाउँ बस्ने वर्ष १६ को सुविन राना मगर मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
दुवै घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
स्कुटरलाई ठक्कर दिएको भ्यानले सडक छेउमा पार्किङ गरी राखेको लु ३९ प २८६३ नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिँदा मोटरसाइकलमा क्षति पुगेको प्रहरीले बताएको छ ।
भ्यान र भ्यान चालक भरतपुर–५ बस्ने वर्ष ३८ को मदन श्रेष्ठ घाइतेको उपचारमा संलग्न छन् भने तीन वटै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























