चितवन विशेष
चितवनकी १७ वर्षीय किशोरी चार दिनदेखि सम्पर्कबिहिन, खोजी गरिदिन परिवारको अपिल
०

चितवन,फागुन १३-
चितवनकी १७ वर्षीय अनिशा महतो फागुन ९ गतेदेखि सम्पर्कबिहिन भएकी छिन । रत्ननगर नगरपालिका मोहना गड्यौली घर भएकी उनी पदमपुर साथीकोमा जान्छु भनी घरबाट निस्किएको आमा आशा चौधरीले बताइन् । । अनिशा आफन्तलगायत साथिहरुसंग पनि सम्पर्कमा छैनन् । परिवारले खोजी गरिदिन प्रहरीलाई खबर गरिसकेको आमा आशाले जानकारी दिइन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले पनि किशोरीको खोजी गरिरहेको जनाएको छ । उनलाई फेला पार्नुहुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालय वा घरपरिवारको फोन नम्वर ९८४०१३७९३८ मा सम्पर्क गरिदिनुहुन अनुरोध गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























