चितवन विशेष

भारतमा नेपाली संस्कृतिको प्रमोशन गर्न चितवनमा फेस अफ भिभान्ता हुने

Banner

चितवन, फागुन १२-

चितवनमा फेस अफ भिभान्ता २०२५ हुने भएको छ । भारतको मुम्बईका हर्स राओको आयोजनामा चैत्र १ गते भरतुपरको सिजिमा फेस अफ भिभान्ता आयोजना गर्न लागिएको हो ।

भारत र नेपाल संस्कृतिको साटासाट गर्ने उद्देश्यले चितवनमा फेस अफ भिभान्ता आयोजना गर्न लागिएको आज(आइतबार)भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । भारतमा नेपाली फेसनको डिमाण्ड भएकाले फेसन सो गर्न लागिएको हर्स वर्दन राओले जानकारी दिए ।

फेसन सोमा नेपालका नेवारी, क्षेत्री, गुरुङ, मगर लगायताका जातिको सांस्कृतिक प्रस्तुत गरिनेछ । यहाँबाट उत्पादित मोडललाई भारतका विभिन्न फिल्म खेल्न अवसर समेत प्रदान गरिने उनले बताए ।

फेसन सोमा १८ वर्षदेखि २५ वर्ष उमेर समुहका युवतीले सहभागिता जनाउन सक्नेछन् । यसका लागि आगामी शनिवारसम्म दर्ता समेत गरिनेछ । फेसन सोमा २२ जनालाई सहभागि गराइने छ । यस्तै फेसन सोमा सहभागिहरुको विषयमा समेटिएको म्यागेजिङ समेत निकालिने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>