चितवन विशेष
भरतपुरको चनौलीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालक घाइते
०

चितवन, फागुन १२-
भरतपुर महानगरपालिका–१८ चनौली बजारमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् ।
आइतवार बिहान करिब साढे ९ बजेको समयमा भीमनगरबाट ज्योतिनगरतर्फ जाँदै गरेको ना ६३ प ८७०५ नम्बरको मोटरसाइकललाई कालिका ईङ्लिस बोडिङ स्कुलको विद्यार्थी बोकेको ना १ क ६३०१ नम्बरको बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
स्कुल बसको ठक्करबाट मोटरसाइकल चालक भरतपुर–२६ बस्ने वर्ष ५० को तेज कुमार श्रेष्ठको दुवै खुट्टामा चोट लागेर मध्यम घाइते भएको प्रहरीले बताएको छ ।
उनको एलाइभ हस्पिटल भरतपुरमा उपचार भइरहेको छ । स्कुल बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























