चितवन विशेष

चितवनका ५० विद्यालयलाई आध्यात्मिक पुस्तकसहितको दराज हस्तान्तरण

Banner

चितवन, फागुन ११–

चितवनका ५० सामुदायिक विद्यालयलाई आध्यात्मिक पुस्तकसहितका दराज हस्तान्तरण गरिएको छ ।

धार्मिक संस्था इस्कोन चितवनले आज एक कार्यक्रमकाबीच जिल्लाका ५० वटा सामुदायिक विद्यालयलाई ५५ हजार ५ सय रुपैयाँ बराबरको आध्यात्मिक पुस्तकसहितको एक–एक वटा दराज हस्तान्तरण गरेको हो । विभिन्न व्यक्ति तथा संघसंस्थाको सहयोगमा तयार पारिएको पुस्तकसहितको दराज विद्यालयका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको इस्कोन चितवनका उपाध्यक्ष गौर गोविन्द प्रसाद दासले जानकारी दिनुभयो ।

विद्यालयहरुमा विद्यार्थीहरुबीच पठन सँस्कृतिको ह्रास आएकाले पठन संस्कृतिको विकास गर्न यो आध्यात्मिक पुस्तकसहितको दराज हस्तान्तरण गरिएको बताउनुभयो । दराजमा गीता, श्रीमद्भागवत, विज्ञान प्रविधि, नैतिक शिक्षा सम्बन्धी करिव ४० हजार मूल्यको ५० वटा पुस्तक रहेका छन् । यसले विद्यार्थीहरुलाई पठन संस्कृतिको विकाससंगै नैतिकवान, अनुशासित र जिम्मेवार नागरिक बनाउन प्रेरित गर्ने इस्कोनकी माता ममता शर्माले बताउनुभयो । उहाँले पहिलो चरणमा सामुदायिक विद्यालयमा यो दराज वितरण गरिए पनि आगामि दिनमा संस्थागत विद्यालयहरुलाई यसैगरी उनीहरुलाई दराज निर्माणमा प्रेरित गरिने बताउनुभयो । चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक प्रा.डा.हरिशचन्द्र न्यौपानेले यस अभियानले विद्यार्थीहरुलाई जिम्मेवार बनाउने बताउनुभयो ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा, भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>