चितवन विशेष

इभी गाडीलाई ओभरटेक गर्ने क्रममा ठोक्किएर स्कुटर चालक घाइते, इभी चालक पक्राउ

Banner

चितवन, फागुन १०-

चितवनको खैरहनी नगरपालिका–८ स्थित खैरहनी पार्टी प्यालेस अगाडि इभी गाडीलाई ओभरटेक गर्ने क्रममा ठोक्किएर स्कुटर चालक घाइते भएका छन् ।

शुक्रवार बेलुका ६ बजेको समयमा पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ ज ०८४२ नम्बरको इभी गाडीमा सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश०६–०२ प ९११५ नम्बरको स्कुटर ओभरटेक गर्ने क्रममा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटना हुँदा स्कुटर चालक खैरहनी–१ ज्यामिरे बस्ने वर्ष ४५ को भीम कर्मचार्य मध्यम घाइते भएको प्रहरीले जनाएको छ । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने अवस्था मध्यम रहेको छ ।

प्रहरीले इभी चालक राप्ती–१ बस्ने वर्ष २४ को सुरेश थिङलाई पक्राउ गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>