चितवन विशेष

भरतपुरमा मापसे गरी स्कुटर चलाउँदा पल्टिएर दुई जना घाइते

Banner

चितवन, फागुन ९-

भरतपुर महानगरपालिका–३ लायन्सचोकमा मादक पदार्थ सेवन (मापसे) गरी स्कुटर चलाउँदा पल्टिएर दुई जना घाइते भएका छन् ।

बिहीवार राति ११ः५५ बजेको समयमा भरतपुरबाट नारायणगढतर्फ जाँदै गरेको लु २० प २८९६ नम्बरको स्कुटर आफै अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

स्कुटर दुर्घटना हुँदा रत्ननगर नगरपालिका–२ बस्ने वर्ष २२ को बासुदेव पराजुली र नवलपुर कावासोती नगरपालिका–३ बस्ने वर्ष ५० को राजु रावत मध्यम घाइते भएको प्रहरीले बताएको छ । दुईमध्ये स्कुटर चालक को थियो भन्ने खुलेको छैन ।

दुवै जनाले मापसे गरेको पाएका छ । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>