चितवन विशेष
भरतपुरमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना गम्भीर घाइते
०

चितवन, फागुन ९-
भरतपुर महानगरपालिका–१० मालपोत चोकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।
बिहीवार राति ११ः४० बजेको समयमा बिशाल चोकबाट पारस बसपार्कतर्फ आउदै गरेको भे ९ प २६०५ नम्बरको मोटरसाइकल सडकमा एक्कासी आफै दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मोटरसाइकल दुर्घटना हुँदा चालक रुकुम पश्चिम चौरजाहरी नगरपालिका–१ बस्ने वर्ष २१ को बिशाल गिरी र पछाडि सवार गोरखा पालुङटार बस्ने २५ वर्षीय दिपेश थापा मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























