समाचार

प्रकृति मृत्यु प्रकरणः मानव अधिकार आयोगले पठायो भारतीय आयोगलाई पत्र

Banner

काठमाडौँ, फागुन ८-

राष्ट्रिय मानव अधिकार आयोग, नेपालले प्रकृति लम्साल मृत्यु प्रकरणका सन्दर्भमा निष्पक्ष छानबिन गरी पीडितलाई न्यायको माग गर्दै भारतीय मानव अधिकार आयोगलाई पत्र पठाएको छ।

भारतको ओडिशा राज्यको भुवनेश्वरस्थित कालिंगा इंन्सिटच्युट अफ ईन्डष्ट्रीयल टेक्नोलोजी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी लम्साल विश्वविद्यालयको छात्रावासमा मृत भेटिएको घटनाको सन्दर्भमा निष्पक्ष छानबिन गरी पीडितलाई न्यायको माग गर्दै गर्दै आयोगले बिहीबार ९आज० भारतीय आयोगलाई पत्र पठाएको हो।

ुशंकास्पद मृत्युको घटनाको अनुसन्धान गरी पीडितलाई न्याय प्रदान गर्न, विश्वविद्यालयमा कुटपिट भएका र दुर्व्यवहारमा परेका विद्यार्थीहरूलाई शीघ्र न्याय प्रदान गर्न, अध्ययनरत नेपाली विद्यार्थीहरूको पूर्ण सुरक्षाको प्रत्याभूति गर्दै भयरहित वातावरणमा अध्ययन गर्न पाउने अवस्था सुनिश्चित गर्न, घटनामा संलग्न विश्वविद्यालयका अधिकारीहरू तथा व्यक्तिहरूलाई कानूनी दायरामा ल्याई उत्तरदायी बनाउनको लागि पत्राचार गरिएको,ु आयोगको विज्ञप्तिमा भनिएको छ।

केआईआईटी विश्वविद्यालयमा बी।टेक तेस्रो वर्ष पढ्दै गरेकी लम्साल गत आइतबार साँझ विश्वविद्यालयकै होस्टेलमा रहस्यमय अवस्थामा लम्साल मृत अवस्थामा भेटिएकी थिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>