घटना -दुर्घटना
रुपन्देहीको सियारीमा परालले ढाकेको अवस्थामा शव फेला
०

बुटवल, फागुन ८-
रुपन्देहीमा एक महिलाको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ । जिल्लाको सियारी गाउँपालिका–२ भगदरी स्थित बेथरी सडकखण्डको किनारमा अन्दाजी ४५ वर्षीया महिलाको शव फेला परेको हो
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी सूचना अधिकारी डिएसपी सुरज कार्कीका अनुसार टाउकोमा ढुङ्गा प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताए ।
उनले टाउकोमा चोट देखिएको कारणले ढुङ्गा प्रहार गरी हत्या भएको हुन सक्ने खुलाए। मृतक महिलाको पहिचान हुन बाँकी रहेको छ ।घटना बारेमा सूक्ष्म रूपमा अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























