चितवन विशेष
चितवन मदिरा तथा प्रोभिजनल व्यवसायी संघको आयोजनामा भरतपुरमा रक्तदान

चितवन, फागुन ७-
प्रजातन्त्र दिवसको अवसरमा चितवन मदिरा तथा प्रोभिजनल व्यवसायी संघले भरतपुरको चौबिसकोठीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ५ जना महिला सहित ४८ जनाले रक्तदान गरेका छन् ।
चितवन मदिरा तथा प्रोभिजनल व्यवसायी संघका अध्यक्ष राम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवि सुवेदी थिए । रक्तदान कार्यक्रम नेपाल बजार बिक्री प्रतिनिधि संघ नारायणी क्षेत्रीय समिति चितवनको सहआयोजना एवम् प्रादेशिक रक्तसंचार चितवनसँगको सहकार्यमा भएको हो ।
‘हामी सेवा गछौँ’ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक चितवन मदिरा तथा प्रोभिजनल व्यवसायी सघंका वरिष्ठ उपाध्यक्ष निर्मल पौडेल बताए । कार्यक्रममा बोल्दै पौडेलले स्थापनाकालदेखि नै मदिरा व्यवसायी संघले सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिँदै आएको र रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको बताए।
यसैबीच चितवन मदिरा तथा प्रोभिजनल व्यवसायी सघंको आठौँ साधारण सभा एवम् चौंथो अधिवेशनले रामबहादुर बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्ष निर्मल पौडेल, महासचिवमा टेकनारायण शर्मा, कोषाध्यक्षमा तुलनारायण श्रेष्ठ, सचिवमा सूर्यप्रसाद दाहाल र सदस्यहरुमा यादवकुमार लोहनी, दिपकप्रसाद सापकोटा, श्याम कंडेल, सूर्य विक, दिवस आचार्य, हरिप्रसाद शर्मा, सुधा आचार्य र रुपा पौडेल चयन भएका छन् । नारायण प्रधान, रवि श्रेष्ठ, निरेशकुमार सिंह र लेखनाथ आयार्य सहल्लाकार रहेका छन् ।