समाचार

देउवा पनि महाकुम्भ मेला जाने

Banner

काठमाडौ, फागुन ७-

भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भमा नेपाली कांग्रेसका नेताहरु जाने र फर्केने क्रम जारी छ । कांग्रेस महामन्त्री गगन थापा महाकुम्भ मेलामा सहभागी भएर फर्किएका छन् भने सभापति शेरबहादुर देउवा जाने तयारीमा छन् ।

देउवा महाकुम्भ मेलामा सहभागी हुनुका साथै इन्डिया फाउन्डेसनले आयोजना गर्ने दुई दिने समिटमा समेत भाग लिनेछन् । उनले आगामी शुक्रबार र शनिबार ‘कुम्भ ग्लोबल समिट अन डेभलप्मेन्ट एन्ड सस्टेइनबेलिटी’ विषयमा बोल्नेछन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहभागी हुने समिटमा अन्य देशका वक्ताहरु समेत छन् । देउवापक्षीय एक नेताका अनुसार भारत भ्रमणका क्रममा देउवाको दलका नेताहरुसँग संवाद हुने कार्यक्रम तय भएको छैन ।

यसअघि कांग्रेस महामन्त्री थापा साथै प्रवक्ता डा। प्रकाशशरण महत, नेता अर्जुनरसिंह केसी, केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी लगायतका नेताहरु महाकुम्भमा पुगेर फर्केका छन् ।

भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भमा स्नान गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापा । तस्वीर स् थापाको फेसबुक ।
महामन्त्री थापा मंगलबार राति भैरहवा आइपुगेर बुधबार पाल्पाको पार्टी कार्यक्रममा सहभागी हुन पुगेका छन् । थापा, महत र केसी परिवारका अन्य सदस्यहरु सहित प्रयागराज पुगेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>