चितवन विशेष
बलेरो अनियन्त्रित भई पल्टिँदा दुई जना घाइते, ३०० कुखुरा मरे
०

चितवन, फागुन ७-
भरतपुर महानगरपालिका–४ हरिकिर्तन मन्दिर अगाडि ब्रोइलर कुखुरा लोड गरेको बलेरो अनियन्त्रित भई पल्टिँदा दुई जना घाइते भएका छन् भने ३०० कुखुरा मरेका छन् ।
मंगलवार बेलुका ६ः५० बजेको समयमा धर्मचोकबाट जगन्नाथ चोकतर्फ जाँदै गरेको बागमती प्रदेश०३–००१ च २०७७ नम्बरको बलेरो अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो ।
बलेरो पल्टिँदा बलेरो चालक भरतपुर–१४ बस्ने वर्ष २४ को विवेक भुजेल र बलेरोमा सवार कास्की पोखरा घर बताउने वर्ष २१ को बाबुराम रानाभाट सामान्य घाइते भएको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ ।
बलेरोमा ५०० वटा कुखुरा लोड भएकोमा ३०० वटा कुखुरा मरेको र २०० कुखुरा जिवित रहेको प्रहरीले बताएको छ । कुखुराको धनि भरतपुर–१० बस्ने वर्ष ३२ को दिवस श्रेष्ठका अनुसार ३०० कुखुरा मर्दा करिब ६० हजार रुपैयाँको नोक्सान भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























