चितवन विशेष

कसरा पर्यटन व्यवसायीको कार्यक्रममा ९२ जनाले गरे रक्तदान

Banner

चितवन, फागुन ४–

बढ्दो रगतको अभावलाई मध्यनजर गर्दै कसरा पर्यटन व्यवसायी समितिले वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

भरतपुर–२२ पटिहानीस्थित स्टोन पार्क परिसरमा रक्तदान कार्यक्रम गरिएको हो । उक्त कार्यक्रमको वडा अध्यक्ष विष्णुराज महतोले समुद्घाटन गरेका थिए । सो क्रममा बोल्दै वडा अध्यक्ष महतोले रगत अभावालाई परिपूर्ती गर्न यो कार्यक्रमले थोरै भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले यस्तै रचनात्मक कार्यहरुलाई अगाडि बढाउदै लैजान आग्रह गरे ।

रक्तदान कार्यक्रममा १६ महिलासहित ९२ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक केशव ढकालले जानकारी दिए । उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी पटिहानी उपशाखाको सहकार्यमा गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>