चितवन विशेष
नारायणीले बगाएर ल्याएको दाउरा निकाल्न जाँदा बेपत्ता भएका व्यक्तिको शव फेला
०

चितवन, फागुन ३-
नारायणी नदीमा गत माघ २६ गते दाउरा निकाल्न जाँदा बेपत्ता भएका एक व्यक्तिको शव शुक्रवार फेला परेको छ ।
भरतपुर–१७ बस्ने वर्ष ३५ को राजन सार्कीको शव घटनास्थलबाट करिब ३ किमी तल भरतपुर–१८ स्थित हरिहर पार्क नजिक फेला परेको प्रहरीले बताएको छ ।
माघ २६ गते दिउँसो करिब साढे १२ बजेको समयमा भरतपुर–१७ स्थित दियालो सामुदायिक वनको पछाडि नारायणी नदीको भंगालोमा नदीले बगाएर ल्याएको दाउरा निकाल्न जाँदा नदीमा डुबेर सार्की बेपत्ता भएका थिए । उनीसँगै गएका ३२ वर्षीय बुद्धि बहादुर नेपाली भने सकुसल फर्किएका थिए ।
सार्कीको शवलाई उनको मामा भरत सार्कीले सनाखत गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























