चितवन विशेष

न्यू क्यापिटल कलेजको बसले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते

Banner

चितवन, फागुन २-

चितवनको रत्ननगर नगरपालिका–११ पृथ्वी टोलस्थित न्यू क्यापिटल कलेजको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् ।

बिहीवार दिउँसो साढे ११ बजे ना १ क ४१५४ नम्बरको बसले बटर खोलाबाट जिरौनातर्फ जाँदै गरेको लु ९५ प ५७४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक रत्ननगर–१३ बस्ने वर्ष ५० को रुपलाल श्रेष्ठ मध्यम घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

श्रेष्ठको दाहिने खुट्टा र दाहिने हातमा चोट लागेको छ भने मोटरसाइकलमा क्षति पुगेको छ । प्रहरीले बस र बस चालक कालिका नगरपालिका–५ बस्ने वर्ष ३६ को राम सागर चौधरीलाई नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>