चितवन विशेष

भरतपुरको गणेशथान फिडरमा बिहीबारदेखि दिउँसो विद्युत सेवा अवरुद्ध

Banner

चितवन, फागुन १-

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र अन्तरगतको १३२ के.भी.विद्युत प्रसारण लाइन भोलि बिहीबारदेखि दिउँसो  ४ दिन सम्म गणेस्थान फिडर अवरुद्ध हुने भएको छ ।

आँपटारीस्थित न्यू भरतपुर सब–स्टेशनदेखि बसेनीको पुरानो भरतपुर सब–स्टेशनसम्मको १३२ के.भी प्रसारण लाईनमा तार अपग्रेड गर्नुपर्ने भएकाले विद्युत सेवा अबरुद्ध हुने भएको हो । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार विहान ८ बजेदेखि ५ बजेसम्म विद्युत अवरुद्ध हुनेछ ।

वितरण केन्द्र अन्तर्गतको गणेस्थान फिडर अनियमित हुँदा भरतपुर वडा ११ अन्तर्गत भोजाड–पदमपुर मार्ग, बसेनी, विशाल चोक, बर्मेली चोक, नेपाल पोलिटेक्निक, के।बि।लाईन लगायतका आसपासका क्षेत्रमा विद्युत सेवा अनियमित भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>