चितवन विशेष

लंकुमा बिहीबारबाट ज्ञान महायज्ञ सुरु

Banner

चितवन, फागुन १-

भरतपुर महानगरपालिका–४ लंकुस्थित हरिकीर्तन धार्मिक संस्था लक्ष्मीवेङ्कटेश मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ को शुभारम्भ भएको छ। महायज्ञको आज शान्तिधाम काभ्रेस्थलीका पीठाधीश चतुर्भुजाचार्य चूडामणि स्वामीले दीपप्रज्वलन गरी उद्घाटन गर्नुभयो । उद्घाटन हुनुअघि विभिन्न धार्मिक, सामाजिक, शैक्षिक संस्थाहरू, महिला समूह लगायतका संघ–संस्थाको पहिचान झल्कने वेशभूषा, ब्यानर,ॐकार झण्डासहितको शोभा–कलशयात्राले अद्वैतचोक-आनन्दचोक-यज्ञपुरी-नवदुर्गाचोक परिक्रमा गर्दै मन्दिरमा आएर समापन भएको थियो।

कार्यक्रममा आज पहिलो दिन महायज्ञमा लक्ष्मीनारायण मन्दिर देवघाटका पीठाधीश श्रीधराचार्य, शेषलक्ष्मीनारायण मन्दिरका पीठाधीश स्वामी पद्मनाभाचार्य , सुमधुर कथावाचिका यशोदादेवी माता, पूर्व मन्त्री एवम् सांसद विक्रम पाण्डे,वाग्मती प्रदेशका पूर्व मन्त्री विजय सुवेदी, वाग्मती प्रदेश सभासद उत्तम जोशी, भरतपुर ४ का वडाध्यक्ष अर्पण पोखरेल, एनआरएनएका उप-महासचिव सोम सापकोटा लगायतको उपस्थिति रहेको थियो।

महोत्सवमा दैनिक रूपमा भगवान्को अर्चना, वेद, पुराण आदि धर्मग्रन्थहरूको पाठ, हवन हुने कार्यक्रम रहेको छ। शालग्राम गुरु आश्रम नाग्लिवाङ्गका नारायणाचार्य, टीकाराम गुरुको प्रधान आचार्यत्व तथा चन्द्रप्रसाद सापकोटाको उपाचार्यत्वमा हुन गइरहेको महायज्ञमा लोकप्रिय कथावाचक स्वामी डा चक्रपाणि आचार्यले दैनिकरूपमा श्रीमद्भागव प्रवचन गर्नुहुनेछ।

महायज्ञअन्तर्गत फागुन २ गते सामूहिक व्रतबन्ध र तुलादान, फागुन ५ गते कमलनयनाचार्य, मुक्तिनाथ बाबाबाट एकवर्षीय अखण्ड श्री हरिनाम संकीर्तन स्मारकको उद्घाटन, संस्थापक अध्यक्ष अखण्ड हरिकीर्तन बाबा उमानाथ कँडेललाई आचार्य, महन्त पदमा पट्टाभिषेक, प्रधान यज्ञाचार्य नारायणाचार्यर टीकाराम गुरुबाट अतिथि गृहको उद्घाटन एवम् फागुन ९ गते करोड दीप प्रज्वलनको कार्यक्रम रहेको मिडिया संयोजक माधव सापकोटाले जानकारी दिनुभयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>