चितवन विशेष
भरतपुरमा ५ वर्षीय बालिका आफ्नै घरको पहिलो तलाबाट लडेर गम्भीर घाइते
०

चितवन, फागुन १-
भरतपुर महानगरपालिका–२ क्षेत्रपुर बस्ने जस्मिन खातुनकी ५ वर्षीय छोरी रबियाँ मिया आफ्नै घरको पहिलो तलाबाट लडेर गम्भीर घाइते भएकी छन् ।
खाना खाने क्रममा लडेर गम्भीर घाइते भएकी बालिकालाई उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा थप उपचारको लागि चितवन मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बालिकाको शरिरमा बाहिरी चोट नदेखिए पनि भित्रि चोटका कारण बोल्न नसक्ने अवस्था रहेको प्रहरीले बताएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























