Breaking News

पिकनिकबाट फर्किंदै गरेको स्कुल बस शंकरापुरमा दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु

Banner

काठमाडौं , माघ ३०-

काठमाडौंमा नगरकोट पिकनिक गएर फर्किंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ। शंकरापुर नगरपालिका-५ स्थित बा २ ख ७९५८ नम्बरको स्कुल बस दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ।

चाबहिलस्थित रहेको एसएस एकेडेमीको स्कुल बस नगरकोट पिकनिक गएर फर्किंदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। अहिले प्रहरी उद्धारमा खटिएको छ। बाँकी विवरण आउँन बाँकी छ । बौद्ध प्रहरीका अनुसार ४० जना घाइते भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>