चितवन विशेष
तीन जना सवार साइकललाई स्कुटरले ठक्कर दिँदा पाँच जना घाइते

चितवन, माघ ३०-
भरतपुर महानगरपालिका–१५ अतिथि पार्टी प्यालेस अगाडि तीन जना सवार साइकललाई स्कुटरले ठक्कर दिँदा पाँच जना घाइते भएका छन् ।
मंगलवार बेलुका ७ बजेको समयमा रामपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २५ प ८३०९ नम्बरको स्कुटरले सोहि दिशातर्फ आउँदै गरेको साइकललाई पछाडिबाट ठक्कर दिँदा साइकलमा सवार तीन जना र स्कुटरमा सवार दुई जना घाइते भएको प्रहरीले बताएको छ ।
स्कुटरको ठक्करबाट साइकल चालक माडी नगरपालिका–६ घर भई हाल भरतपुर–५ सृष्टीचोक डेरा गरी बस्ने वर्ष २३ को भिम प्रसाद दराई, साइकल पछाडि सवार चालकको श्रीमती वर्ष २२ कप् आयुषा दराई र साइकल पछाडि सवार चालकको छोरा वर्ष ५ को रोनिश दराई घाइते भएका छन् ।
स्कुटर चालक भरतपुर–५ बस्ने वर्ष ४० को नरेन्द्र मल्ल र स्कुटर पछाडि सवार चालकको छोरा वर्ष ६ को आभास मल्ल पनि घाइते भएको प्रहरीले बताएको छ । पाँचै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
























