चितवन विशेष

रत्ननगरमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु

Banner

चितवन, माघ ३०-

रत्ननगर नगरपालिका–५ जनकल्याण चोकमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ ।

मंगलवार राति ११ बजेको समयमा बछौलीबाट झुवानीतर्फ जादै गरेको बागमती प्रदेश०३–००२ प ५५०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक रत्ननगर–५ बस्ने वर्ष २८ को आलोक महतोको पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार मंगलवार राति ११ः३५ बजे महतोलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । महतोको टाउकोमा चोट लागेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>