चितवन विशेष

लायन्स चित्रकलामा लिटिल फ्लावरकी आश्रिया श्रेष्ठ प्रथम

Banner

चितवन, माघ २८–

विद्यार्थीहरुको कला प्रस्फुटन गर्न नारायणगढ लायन्स क्लबले लायन्स चित्रकला प्रतियोगिता–२०८१ सम्पन्न गरेको छ । नारायणी कला मन्दिर र लियो क्लब अफ नारायणगढको सहआयोजनामा आज नारायणगढमा सम्पन्न प्रतियोगितामा लिटिल फ्लावरकी आश्रिया श्रेष्ठ प्रथम स्थान हासिल गरिन् ।

सोही विद्यालयकी मानषी श्रेष्ठ द्धितीय भइन् भने बालकुमारी इंग्लिस स्कुलकी युनिका रामदामले तृतीय स्थान हासिल गरेको कार्यक्रम संयोजक लायन प्रशान्त कुमार पिया ले जानकारी दिए । यस्तै प्रतियोगितामा सात जनालाई सान्त्वना पुरस्कार दिइएको कार्यक्रम सह–संयोजक लायन प्रसन्न कुमार जोशीले जानकारी दिए । उनका अनुसार सान्त्वना पुरस्कार पाउनेहरुमा लिटिल फ्लावरकी सोनिया वंशल, स्मल हेभन मोडल स्कुलका असिम सिलवाल, बालकुमारी इंग्लिस स्कुलकी शुभेच्छा गुप्ता, नारायणी माविका जेनिसा सारु र सर्वजित आचार्य, आदिकवि भानु माविका अनिस सुनार र इडन गार्डेन इंग्लिस स्कुलकी प्रिस्मा साह रहेकी छन् ।

विजेता विद्यार्थीहरुलाई लायन्स क्लब ३२५ आरका गभर्नर दीनानाथ न्यौपाने, नारायणगढ लायन्स क्लबका अध्यक्ष राजु पिया, नारायणी कला मन्दिरका अध्यक्ष रोहित श्रेष्ठ, लियो क्लब अफ नारायणगढकी अध्यक्ष प्रशंसा जोशीलगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा भरतपुर महानगरभित्रका १७ वटा विद्यालयबाट ५८ जना विद्यार्थी प्रतियोगितामा सहभागी भएका थिए । उनीहरुले सिसाकलमले कागजमा चित्र कोरेका थिए । प्रतियोगिताको निर्णायकमा चित्रकारहरु प्रमेश कँडेल, वरुणबाबु घिमिरे र सन्तोष श्रेष्ठ थिए ।

कार्यक्रमको उद्देश्यमाथि क्लबका संस्थाक सचिव तथा पूर्व अध्यक्ष, पूर्व डिष्ट्रिक गभर्नर लायन प्रभात कुमार जोशीले प्रकाश पारेका थिए । क्लबका सचिव लायन उमेश पिया संचालन गरेको कार्यक्रममा चितवन जिल्ला क्रिकेट संघ र बीआइडीले समेत सहयोग गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>