क्रिकेट

माडी क्रिकेट कप माघ २६ गतेदेखि सुरु हुँदै, खेल तालिका सार्वजनिक

Banner

चितवन, माघ २२–

चितवनको दक्षिण भेगमा अवस्थित माडीमा आठौं माडी क्रिकेट कप–२०८१ हुँदैछ । यही माघ २६ गतेदेखि फागुन ३ गतेसम्म बसन्तपुर खेल मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

बसन्तपुर युवा क्लवको आयोजनामा सुरु हुन लागेको प्रतियोगिताको नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले गर्ने तय भएको क्लवका अध्यक्ष पदम पन्तले जानकारी दिए । समुद्घाटन समारोह दिउँसो १२ः३० बजे सुरु हुनेछ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको पन्तले बताए ।

यसैबीच प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा रत्ननगर क्रिकेट क्लव र इ–प्लानेट क्रिकेट क्लवबीच प्रतिस्पर्धा हुने क्लवले जनाएको छ । खेल दिउँसो २ बजे सुरु हुनेछ । प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ । पहिलो खेल जित्ने टिम सिधै सेमीफाइनल प्रवेश गर्नेछ ।

प्रतियोगिताका विजेताले नगद २ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १ लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने खेल संयोजक सन्देश पौडेलले जानकारी दिए । यस्तै प्लेयर अफ दि टुर्नामेन्टले नगद ८ हजार, बेस्ट ब्याटरले ४ हजार, बेस्ट बलरले ४ हजार, बेस्ट फिल्डरले ४ हजार, स्थानीय उदयीमान खेलाडीले नगद १० हजार रुपैयाँ, अनुशासित टिमले ५ हजार, उत्कृष्ट प्रशिक्षकले ५ हजार र प्लेयर अफ दि म्याचले ३ हजार रुपैयाँ प्राप्त गर्ने पौडेलले बताए ।

विगतका वर्षहरुमा टेनिस बलमा प्रतियोगिता हुँदै आएकोमा यसवर्षबाट ड्युज बलबाटै खेल खेलाउन लागिएको छ । प्रतियोगिताको मुख्य प्रवद्र्धकमा माडी नगरपालिका रहेको छ भने प्रवद्र्धकमा चितवन जिल्ला क्रिकेट संघ, माडी वडा नं.३ र माडी नगर खेलकुद विकास समिति रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>