चितवन विशेष
चेपाङ बालबालिकाका लागि नारायणगढ लायन्सले गर्यो खाद्यान्न सहयोग

चितवन, माघ १५–
सामाजिक सेवामा सक्रिय संस्था नारायणगढ लायन्स क्लवले चेपाङ बालबालिकाका लागि अतिआवश्यक खाद्यान्न सहयोग गरेको छ ।
सुनौलो किरण संस्थाद्वारा संचालित सिद्दी छात्राबासमा आश्रित ६४ जना बालबालिकाहरू पुग्ने अतिआवश्यक दैनिक खाद्यान्न सामग्री क्लबले छात्राबासमै पुगेर सहयोग गरेको हो । क्लवका अध्यक्ष राजु पियाले लायन्स क्लब अन्तर्राष्ट्रियको ग्लोब कज अन्तरगत रहेर खाद्यान्न सामग्री सहयोग गरिएको बताए । उनले केही दिन अघि सोही छात्राबासमा आश्रित बालबालिकालाई न्यानो कपडा सहयोग गरिएको भन्दै आगामि दिनमा पनि आवश्यक सहयोग गरिने प्रतिवद्धता जनाए ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ आर नेपालका द्धितीय भाईस गभर्नर लायन प्रभाकर पण्डित, पूर्व डिष्टिक गर्भनर, संस्थापक सचिव लायन प्रभात कुमार जोशीको उपस्थितिमा छात्राबासका संचालक भरत चेपाङलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो।
कार्यक्रम संयोजक पूर्व अध्यक्ष लायन बिबश पिया, पूर्व अध्यक्षहरू लायन शान्तकुमार पिया, लायन सनद कुमार पिया, लायन प्रसन्न कुमार जोशी, लायन प्रशान्त कुमार पिया, लायन सुबोध श्रेष्ठ, लायन बिधान श्रेष्ठलगायतको उपस्थिती रहेको थियो । खाद्यान्न सामग्री हस्तान्तरण कार्यक्रम क्लबका सचिव लायन उमेश पियाले संचालन गरेका थिए भने क्लबका अध्यक्ष राजु पियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

























