खेलकुद
यू-१९ महिला विश्वकप: प्लेअफमा मलेसियाविरूद्ध नेपाल पहिले बलिङ गर्दै
०

काठमाडौं, माघ ११-
आईसीसी यू-१९ महिला टी-२० विश्वकपको प्लेअफ खेलमा नेपाल र मलेसिया खेल्दै छन् । खेलमा नेपालले टस जितेको छ ।
नेपालकी कप्तान पुजा महतोले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी छन् । नेपालले समूह चरणमा मौका नपाएका दुई खेलाडीहरू स्नेहा महरा र कुसुम गोदारलाई आज मौका दिएको छ ।
नेपाल समूह डी तथा मलेसिया समूह ए बाट अघि बढ्न सकेका थिएनन् । नेपाल आजको खेल जित्दै सान्त्वना जितका साथ घर फर्कन चाहन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>
























