समाचार

‘दिनेश त्रिपाठीको अभिव्यक्तिबाट न्यायपालिकाप्रति अनास्था पैदा’

Banner

काठमाडौं, माघ ११-

न्यायाधीश समाज नेपालले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको अधिव्यक्तिबाट न्यायालयप्रति नै अनास्था पैदा भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

समाज नेपालका महासचिव टेकनारायण कुँवरद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘वरिष्ठ अधिवक्ताको उक्त अभिव्यक्तिबाट प्रचलित न्यायिक पद्धति र समग्र न्यायपालिप्रति नै अनास्था पैदा हुन जाने हुँदा न्यायाधीश समाज नेपाल त्यस प्रकारका अवाञ्छित गतिविधिहरूप्रति खेद व्यक्त गर्दछ।’

अगाडि उनले भनेका छन्, ‘वरिष्ठ अधिवक्ताजस्तो जिम्मेवार व्यक्तिले आफूले बहस गरेबमोजिमको परिणाम नआएको भन्ने आधारमा कानून व्यवसायीको आचरणविपरीत हुनेगरी आदेश गर्ने न्यायाधीशउपर नै बदनियतपूर्वक कार्य गरेको भनी सार्वजनिक सञ्चारमाध्यममा अन्तर्वार्ता दिएको देखियो।’

यस्तै न्यायाधीश समाज नेपालले अधिवक्ता त्रिपाठीमाथि भएको दुर्व्यवहारको विरोध गरेको छ। गत माघ २ गते काठमाडौं जिल्ला अदालतमा चलिरहेको ठगी गरी सङ्गठित अपराधको मुद्दामा थुनछेक बहसपश्चात् अदालत हाता बाहिर निस्कने क्रममा उनीमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थकहरूले हातपात र दुर्व्यवहार गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>