अन्तर्राष्ट्रिय

ट्रम्पलाई अदातलको झड्का, जन्मसिद्ध नागरिकता खारेज गर्ने निर्णय तत्काललाई रोकियो

Banner

काठमाडौं, माघ ११-

जन्मका आधारमा नागरिकता प्राप्त गर्ने अधिकार खारेज गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अमेरिकी न्यायालयले रोक लगाएको छ। न्यायाधीशले यो आदेश पूर्ण रूपमा असंवैधानिक रहेको भन्दै तत्काल कार्यान्वयन नगर्न आदेश दिएको बीबीसीले जनाएको छ।

अमेरिकी राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालको शुरूआत गर्दै ट्रम्पले आफ्नो प्रशासनले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्ने व्यक्तिका जन्मेका बच्चाहरूलाई अमेरिकी नागरिकका रूपमा मान्यता दिन बन्द गर्ने घोषणा गरेका थिए । तर यस विषयमा ट्रम्प प्रशासनले कानूनी चुनौतीको सामना गर्नुपर्ने देखिएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>