अन्तर्राष्ट्रिय

कुर्स्कमा युक्रेनविरुद्ध लड्दा हजार उत्तर कोरियाली मारिए

Banner

किभ, माघ १०-

रुसको पश्चिमी कुर्स्क क्षेत्रमा युक्रेनी सेनाविरुद्धको लडाइँमा झन्डै हजार उत्तर कोरियाली सेना मरिसकेको बताइएको छ । तीन महिनाको अवधिमा सो क्षेत्रमा मृत्यु हुने कुल रुसी सेनामा ४० प्रतिशत उत्तर कोरियाली सेना भएको नाम उल्लेख नगर्ने सर्तमा पश्चिमी अधिकारीहरूले बताएको भन्दै बीबीसीले समाचार छापेको छ ।

उत्तर कोरियाली युक्रेनी युद्धमा रुसलाई सघाउन ११ हजार सेना पठाउको थियो । यीमध्ये ४ हजार मरेको, घाइते भएको, हराइरहेको वा समातिएको बताइएको छ । यसमा झन्डै हजार चाँहि मध्य जनवरीसम्ममा मारिएको हुन सक्ने अनुमान गरिएको छ । घाइतेहरूको उपचार भइरहेको छ कि छैन भन्ने पनि स्पष्ट हुन सकेको छैन । तर यस तथ्याङ्कले रुसी युद्धको किम जोङ उनले ठुलो मूल्य चुकाउनु परिरहेको तर्फ सङ्केत गरेको छ ।

गएको अगस्टमा युक्रेनले रुसको कुर्स्क क्षेत्रमा व्यापक सैन्य कारबाही सुरु गरेको थियो । सो क्षेत्रमा युक्रेनी सेनाको दबदबा उच्च पनि थियो । तर अक्टोबरमा उत्तर कोरियाली सेना आइपुगेयता रुसी सेनाले युक्रेनी सेनालाई विस्तार सो क्षेत्रबाट बाहिर निकालिरहेका छन् । तर युक्रेन अझै पनि रुसको सयौँ वर्ग किमी क्षेत्रफल भित्र छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>