समाचार

सगरमाथा आरोहण गर्न १५ हजार डलर

Banner

काठमाडौँ, माघ ८-

सरकारले हिमाल आरोहण रोयल्टी (दस्तुर) बढाएको छ । अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकबाट पर्वतारोहण नियमावली स्वीकृत भएको छ । जसले पर्वतारोहण सम्बन्धी नियमावली २०५९ लाई प्रतिस्थापन गर्ने छ ।

पर्यटन विभागका महानिर्देशक डा.नारायणप्रसाद रेग्मीका अनुसार सोही नियमावलीले वसन्त ऋतु (चैत–वैशाख) मा ११ हजार अमेरिकी डलर रहेको सगरमाथा आरोहण रोयल्टी वृद्धि गरी १५ हजार डलर पुर्‍याएको छ । यो विदेशी पर्यटकलाई तोकिएको रोयल्टी हो ।

२०५९ मा आएको नियमावली अहिलेसम्म चार पटक संशोधन भइसकेको छ । नेपालमा ४ सय ६१ हिमाल आरोहणमा खुला भएका छन् । यसमध्ये केही हिमाल नेपाल पर्वतारोहण संघले व्यवस्थापन गर्दै आएको छ । खुला गरिएको भए पनि ६८ हिमालमा भने अझै पनि मानव पाइला पुग्न सकेको छैन ।
महानिर्देशक डा.रेग्मीका अनुसार ८ हजारभन्दा अग्ला हिमाल चढ्न लाग्ने दस्तुर बढी दरले वृद्धि भएको छ भने अन्य हिमालमा समेत दस्तुर बढेको छ । नियमावली राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आउने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>