चितवन विशेष

चितवनको माडीमा चक्कु प्रहारबाट एक व्यक्ति गम्भीर घाइते

Banner

चितवन, माघ ८-

चितवनको माडी नगरपालिका–१ पाण्डवनगरमा धारिलो हतियार चक्कु प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

सोमवार साँझ ७ बजेको समयमा सामान्य वादविवादका कारण स्थानीय ५० वर्षीय पूर्णबहादुर भन्ने पुरुषोत्तम लामिछानेले सोहि ठाउँका ३५ वर्षीय भरत बोटलाई चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

चक्कु प्रहारबाट बोट गम्भीर घाइते भएका छन् भने चक्कु प्रहार गर्ने लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

गम्भीर घाइते बोटलाई उपचारका लागि सुरुमा माडीकै बघौडा अस्पताल लगिएको थियो । थप उपचारको लागि सोमवार राति ९ः४० बजे भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>