चितवन विशेष

नयाँ रेफ्रीलाई सूचीकृत र पुरानालाई नविकरण गर्न आह्वान

Banner

चितवन, माघ १–

जिल्ला खेलकुद विकास समिति चितवनले नयाँ खेल रेफ्रीहरुलाई सूचीकृत हुन आह्वान गरेको छ ।

समितिको बैठकले नयाँ रेफ्रीहरुको सूचीकृत र पुराना रेफ्रीहरुको नविकरण गर्ने निर्णय गरेको हो । सोही अनुसार सूचीकृत हुन समितिले सार्वजनिक सूचना जारी गर्दै आह्वान गरेको हो ।

नयाँ रेफ्री सूचीकृतका लागि रु.एक हजार र नविकरणका लागि रु.५ सय तोकिएको नवनियुक्त अध्यक्ष राजन कार्कीले जानकारी दिए । यही माघ ५ गतेसम्म लाइसेन्स वा प्रमाणपत्र पेश गरी सूचीकृत हुन सकिने अध्यक्ष कार्कीले जानकारी दिए । उक्त मिति भित्रमा सूचीकृत हुन नसकेका रेफ्रीहरुले डबल दस्तुर तिरेर अर्को एक साता भित्रमा सूचीकृत हुने सक्ने उनको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>