अन्तर्राष्ट्रिय

लस एन्जलसको भीषण आगलागीमा फसेकी नोरा, भन्छिन्ः यस्तो कहिल्यै देखेको थिइनँ

Banner

भारत, पुस २७-

लस एन्जलसमा लागेको भीषण आगलागीमा अभिनेत्री नोरा फतेही फसेककी थिइन्। बिहीबार नोराले सामाजिक सञ्जाल इन्स्टाग्राम स्टोरीमा एउटा भिडियो सेयर गर्दै आफू उक्त आगलागीमा फसेको बताएकी हुन्। भिडियोमा उनले सम्पूर्ण अवस्थाबारे खुलासा गरेकी छिन्।

आगलागीका कारण नोरा फतेहीले आफ्नो घर खाली गर्नु परेको सुनाइद्द्। उनले घर खाली गर्न सूचना पाएकी थिइन्। उनले आफ्नो इन्स्टाग्राममा भिडियो शेयर गर्दै आफू निकै डराएको बताएकी छिन्। लस एन्जलसको अवस्था निकै खतरनाक भएको र अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको आगोका कारण उनी र उनको टोलीलाई तत्कालै सहर खाली गर्न भनिएको उनले बताएकी छिन्। उनले यो भिडियो शहर छाड्नुभन्दा केही मिनेटअघि सेयर गरेकी हुन्।

नोराले भनिन्, ‘म एयरपोर्ट नजिकै बस्छु किनभने आज मेरो उडान छ र मलाई आशा छ कि मैले पाउँछु। मलाई आशा छ कि यो रद्द हुने छैन किनकि यो आगो धेरै डरलाग्दो छ। मैले पहिले कहिल्यै यस्तो अनुभव गरेको छैन। म तपाईँहरूलाई अपडेट राख्ने छु। आशा छ म समयमै बाहिर निस्कन सक्षम हुने छु।’

यसअघि बुधबार नोराले आगोको झलक देखाउँदै छोटो भिडियो शेयर गरेकी थिइन्। लस एन्जलसको पोश क्षेत्र पालिसेड्समा बस्ने धेरै हलिउड स्टारका बंगलाहरू पनि जलेका छन्। पेरिस हिल्टन, स्टिभन स्पिलबर्ग, म्यान्डी मूर, एडम ब्रोडी, एस्टन कुचर, एन्थोनी हप्किन्स लगायतका हलिउड स्टारका घर जलेको सञ्चार माध्यमहरूले जनाएका छन्। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>