अन्तर्राष्ट्रिय

लस एन्जलिस: आगलागीका कारण मृत्यु हुनेको संख्या ११ जना पुग्यो

Banner

लस एन्जलिस, पुस २७-

अमेरिकाको लस एन्जलिस काउन्टीका मेडिकल परीक्षकका अनुसार आगलागीका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

अमेरिकी समय अनुसार शुक्रबार दिउँसो जारी गरिएको अपडेटमा, मेडिकल परीक्षकले पालिसेड्स आगलागीमा पाँच जनाको मृत्यु भएको र अन्य छ जनाको इटन आगलागीमा मृत्यु भएको बताएका हुन्। मृत्यु हुनेमा हालसम्म तीन जनाको मात्रै सनाखत भएको छ ।

लस एन्जलिसका पाँचवटा क्षेत्रमा फैलिएको आगोलाई नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूले निरन्तर काम गरिरहेका छन्। आगो पालिसेड्समा सबैभन्दा व्यापक छ। यहाँको २० हजार एकडभन्दा बढी जमिन आगलागीबाट प्रभावित भएको छ । हालसम्म आठ प्रतिशत मात्र आगो नियन्त्रणमा आएको छ ।

इटनमा फैलिएको आगलागीका कारण करिब १४ हजार एकड क्षेत्रफल जलेर खरानी भएको छ । यहाँ तीन प्रतिशत आगो नियन्त्रणमा आएको छ ।

लिडियामा लागेको आगो ७५ प्रतिशत नियन्त्रणमा आएको छ । आगलागीबाट करिब चार सय एकड जमिन प्रभावित भएको छ ।

हर्ष्टमा ७७१ एकड क्षेत्रफल जलेको छ भने ३७ प्रतिशत आगो नियन्त्रणमा आएको छ । योसँगै केनेथको एक हजार एकडभन्दा बढी जमिनमा फैलिएको आगो फैलिनबाट रोकिएको छ । हालसम्म ३५ प्रतिशत आगो नियन्त्रणमा आएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>