समाचार
सिआइबीले गर्यो धनराज गुरूङसँग दोस्रोपटक सोधपुछ
०

काठमाडौँ, पुस २३-
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रोपटक नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङसँग सोधपुछ गरेको छ। सिआइबीले मंगलबार गुरूङसँग ४ घन्टा बढी सोधपुछ गरेको हो।
‘आज मध्याह्न १२ बजेदेखि अपराह्न ४र५ बजेसम्म बयान लिएको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए । गुरूङ ललितपुरको मितेरी सहकारीकी व्यवस्थापक ज्योति गुरूङका श्रीमान् हुन्। धनराजले आफूहरूबीच सम्बन्धविच्छेद भइसकेको दाबी गरेका छन्।
सहकारी व्यवस्थापक रहेकी ज्योतिविरूद्ध रेड कर्नर नोटिस जारी भइसकेको छ। ज्योतिले सहकारीको १४ करोड ८१ लाख रुपैयाँ बचत अपचलन गरेको आरोप छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























