माैसम

ललितपुरसहित यी स्थानमा पर्‍यो पानी

Banner

काठमाडौं, पुस २३-

देशका केही स्थानमा मंगलबार वर्षा भएको छ । छिटपुटदेखि हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्र (दिउँसो साढे ३ बजेसम्म) ललितपुरमा पनि पानी परेको छ । मंगलबार दिउँसो लगनखेल, जावलाखेलमा ‘फाटफुट’ पानी परेको महाशाखाका मौसमविद् निर्मला रेग्मीले जानकारी दिइन् ।

“वर्षाको रेकर्डहरू संकलन गर्दै छौँ । उपत्यकाको दक्षिण क्षेत्रमा पानी परेको छ, लगनखेलमा फाटफुट पानी पर्‍यो,” उनले बाह्रखरीसित भनिन्, “काठमाडौं जिल्लामै चाहिँ पानी परेको छैन ।”

उनका अनुसार, काठमाडौंमा पानी पार्ने खालको बादल विकास भएको थियो । पानी नै परेको अवस्था भने होइन ।

पछिल्लो एक घण्टा (दिउँसो साढे ३ बजेसम्म)मा कास्कीको लुम्ले, रोल्पा, बागलुङ, लमजुङको खुदीबजार, धनकुटालगायत स्थानमा वर्षा मापन गरिएको उनले बताइन् । “छिटपुटदेखि हल्का वर्षा हो, ठूलो पानी परेको होइन,” उनले भनिन् ।

देशका केही स्थानमा हिमपात पनि भएको छ । सिन्धुपाल्चोकको मेलम्ची घ्याङ, सोलुखुम्बुको लुक्लामा हिमपात भएको उनले जानकारी दिइन् ।

काठमाडौंमा आज साँझसम्म वर्षाको सम्भावना रहेको उनले बताइन् । “साँझसम्म छिटपुट वर्षाको सम्भावना देखिन्छ, वर्षा भइहाले पनि एक/दुई ठाउँमा हुने हो,” उनले भनिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>