घटना -दुर्घटना
कुखुरा फार्ममा आगलागी हुँदा धनमाल जलेर नष्ट
०

काठमाडौँ, पुस २३-
बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल बस्ने ३१ वर्षीय उमेश गिरीको कुखुरा फार्ममा विद्युत् चुहावट भइ गए राति आगलागी हुँदा करिब रु छ लाख ३६ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
यसैगरी काठमाडौँ, दक्षिणकाली नगरपालिका–९ लामागाउँ बस्ने सुशीला तामाङको सुशीला किराना पसलमा पनि विद्युत् चुहावट भई गए राति आगलागी हुँदा करिब रु चार लाख ६० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी निभाइएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























