समाचार
अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी र नवजात शिशुको मृत्यु
०

धनगढी, पुस २३-
बझाङमा अस्पताल लैजाने क्रममा सुत्केरी र नवजात शिशुको बाटोमै मृत्यु भएको छ ।
केदास्युँ गाउँपालिका–१ की २१ वर्षीया सविता बोहराको अस्पताल लैजाने क्रममा सोमबार बाटोमै मृत्यु भएको हो । स्थानीय महिलाहरुले प्रसूति गराउनका लागि बोकेर अस्पताल लैजाने क्रममा बोहराले बाटोमै नवजात शिशुलाई जन्म दिएकी थिइन् ।
शिशु जन्मिएपछि अत्यधिक रक्तश्राव भएर उनको मृत्यु भएको केदास्युँ गाउँपालिका–१ का वडाध्यक्ष वीरबहादुर भण्डारीले बताए । उनकाअनुसार शिशुको पनि केही समयपछि मृत्यु भएको थियो ।
बझाङ, बाजुरा, अछाम लगायत जिल्लाका दुर्गम भेगमा समयमै प्रसुती महिलालाई स्वास्थ्य संस्थासम्म पुर्याउन नसक्दा बर्सेनि अकालमै ज्यान गुमाउनुपर्ने नियति भोग्नु परेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























